जनकपुरबाट भागे बाबुराम
काठमाडौं, असोज १२ ।  जनकपुरधाममा सम्बोधनका लागि पुगेका डा. बाबुराम भट्टराई भाषण गर्दै गर्दा लखेटिएका छन् ।

जनकपुरधामको गोपाल धर्मशालामा भट्टराईले भाषण गरिरहदा आक्रोसित युवाहरुले विरोध गर्दा झडपको स्थिति पैदा भएको थियो ।  स्थिति असामान्य बनेपछि भट्टराई सम्बोधनकै बीचमा मञ्चबाट निस्केका थिए ।
त्यसअघि उनले एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही अगुवासँग अन्तरक्रिया गरेका थिए ।

त्यसपछि भाषणको लागि मञ्चमा पुगेका भट्टराईले सम्बोधन गरिरहदा मधेसी मोर्चाका युवाहरु आक्रोशित बनेका थिए । उनीहरुले संविधान जलाउन माग गरेपछि स्थिति असामान्य बनेको थियो ।


नेपाली भाषाण गर्न खोज्दा उनलाई हिन्दी वा मैथिलीमा भाषण गर्न भनिएको थियो । बाबुरामले हिन्दीमा भाषण गरेका  थिए । लगत्तै तनाव सुरु भएको थियो ।  कडा सुरक्षा घेरामा बाहिर निकालेर बाबुरामलाई यात्री निवासमा राखिएको थियो ।  धर्मशालाको कार्यक्रम पुरै विथोलिएको छ  ।


मधेश अान्दोलनको समर्थनमा उनी भाषणको लागि जनकपुर पुगेका थिए ।  उनले संविधान जलाउने सर्तमा जनकपुर प्रवेश पाएका थिए ।   पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो ।

  मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि तनाव सुरू भएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.