रोकिएका हिन्दी च्यालन सुचारु गर्न सञ्चारमन्त्रीको २४ घन्टे अल्टिमेटम
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरु २४ घन्टाभित्र सुचारु गर्न निर्देशन दिएका छन् ।
भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी विरोध भइरहेका बेला केवल टिभी सञ्चालकहरुले मंगलबारदेखि सम्पूर्ण हिन्दी टिभी च्यानलहरु बन्द गरेका थिए ।
नेपालमाथि भारतले नांगो हस्तक्षेप गर्दै अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएर अघोषित नाकाबन्दी गरिरहेका बेला सञ्चारमन्त्री रिजालले भने भारतले नेपालमा नाकाबन्दी नै नगरेको झुठो कुरा बोलेका थिए ।
भारतीय दादागिरीको विरोध गर्दै नेपालमा हिन्दी चलचित्र प्रदर्शनमा पनि रोक लगाइएको छ ।
यसैवीच विप्लव माओवादी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतीय विस्तारवादको दलाली गरेको आरोप लगाउँदै आफ्नो भनाई तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
महासंघका नेता खेम थपलियाले नेपाल सन्देश डट कमसँग कुराकानी गर्दै आफूहरुको आन्दोलनमा केवल टिभी सञ्चालकहरुले समर्थन गरेको र देशभरीबाट स्वागत भइरहेको भन्दै आन्दोलनलाई जारी राख्ने जनाए ।
उनले सञ्चारमन्त्री रिजालको उक्त २४ घन्टे अल्टिमेटम राष्ट्रघाती भएको दावी पनि गरे ।
1 comments
Write Down Your Responses
September 29, 2015 at 7:46 AM
kina ra mantrijyu gharma budhile lyang garxin ki kya ho? 24 ghante ultimetam dine nai vaye naaka kholna ra janata ko janajiwan samanye banauna ultimetam diye kati ramro hunthyo...