जनकपुर पुगेर बाबुराम गरे नयाँ पार्टीको घोषणा
जनकपुर । एमाओवादी पार्टी र संसद परित्याग गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनकपुर पुगेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
जनकपुरको एक सभालाई सम्बोधन गर्न जनकपुर आएका उनले बिमानस्थलमा पत्रकारसंग नयाँ पार्टी खोल्ने बताएका हुन् ।
यस्तै विमानस्थलमा पत्रकारसंग उनले आफु आन्दोलनकारी नभएर मधेशको सहजकर्ताको रुपमा जनकपुर आएको बताएका हुन् ।
उनलाई बिमास्थलमा स्वागतका लागी एमाओवादी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादवलगायत विमानस्थल पुगेका थिए ।भट्टराईले केहीबेरमा बाबुराम पक्षका मधेसी नेताले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैछन् । सम्बोधन पछि उनी आजै काठमाडौ फर्कने छन् ।
0 comments
Write Down Your Responses