नेपाली टीभी च्यानल प्रशारणमा रोक लगाउने मधेशी मोर्चाद्वारा चेतावनी
नेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ।
‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए।
‘जारी मधेश आन्दोलनमा अन्तर्राष्ट्रिय चौतर्फी सहयोग प्राप्त भईरहदा आन्दोलनको मुद्दालाई दिगभ्रमित पार्न खोजेका छन्।
चन्दको संगठनले नेपालमा प्रशारित भारतीय मिडिया र भारतीय सवारी साधनलाई बन्दको आव्हान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनीहरूले आरोप लगाएका छन्।
‘आम मानिसले कुन संचारमाध्यम हेर्ने त्यो उसको स्वतन्त्रताको विषय हो। कुनै समूह वा संगठनले त्यो निर्धाण गर्ने कुरा होइन्। यसमा प्रतिबन्धको कुरा कदापी मान्य हुदैन्,' बिज्ञप्तिमा छ, ‘यस गतिबिधीमा केबुल एसोशिएशनको समेत संलग्नता देखिएकोले सच्चिनको लागि चेतावनी दिइन्छ। नसच्चिए परिणाम नराम्रो हुने अवगत गराइन्छ।’
मधेश क्षेत्रमा खसहरुको भाषा नेपालीका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए। ‘नेपालमा सञ्चालित पहाडी मिडियाले मधेश विरोधी मात्र समाचार सम्प्रेशन गरेको पाइएमा त्यसता मेडियालाइ हामी मधेश विरोधी भएको ठान्ने छौ,’ उनले भने, ‘काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि सञ्चालनमा रहेका भारतीय च्यानल पुर्नसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं।’ त्यसउपरान्त नेपाली भाषाका सम्पूर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाउने उनले जनाए।
0 comments
Write Down Your Responses