राजस्व ठप्प र भन्सार नाकाबन्दी गरे सरकार चुप लागेर बस्दैनः अर्थमन्त्री महत
सुर्खेत  । अर्थमन्त्री डा रामशरण महतले मधेसवादी दलले राजस्व ठप्प र भन्सार नकावन्दी गरे सरकार चुप लागेर नबस्ने बताएका छन् । विकास निर्माण कामको अवलोकन गर्न सुर्खेत आएका अर्थमन्त्री डा महतले नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले हिंसको माध्यमबाट समास्या समाधान नहुने र वार्ता र संवादको माध्यमबाटै मधेसको आन्दोलनलाई समाधान गर्न सकिने बताउँदै मधेसवादी दलहरुलाई सरकारले वार्ताका लागी आव्हान गरेको वताए । साथै मन्त्री महतले अव नयाँ संविधान जारी भएपछि नेपालले आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन् ।
राजनीतिक सङ्क्रमणका कारण आर्थिक एजेन्डा ओझेलमा परेको भन्दै अब चाहिँ आर्थिक विकासलाई प्रमुख एजेन्डा बनाएर नेपाललाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । उनले आर्थिक विकासको एजेन्डा बनाउन राजनीतिक दललगायत निजी क्षेत्रलाई आह्वान गरे ।
मधेस आन्दोलनका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको बताउँदै अर्थमन्त्रीले गत महिना मात्रै ६ अर्ब राजस्व घटेको जानकारी दिए । जतिसक्यो छिटो मधेस आन्दोलनको अन्त्य गर्नुपर्ने र आर्थिक गतिविधि बढाई राजस्व वृद्धि गर्नु अहिलेको आवश्यकता भएको उनको भनाई थियो  ।
अर्थमन्त्री महतले जतिसक्यो छिटो सडक सञ्जालसँग हुम्ला र डोल्पालाई जोड्नका लागि बजेटको अभाव हुन नदिइने बताए  ।
एक अर्को प्रसङ्गमा उहाँले भारतले सबै पक्षलाई मिलाएर लैजाउ भनेको तर संविधानमाथि हस्तक्षेप गर्दैन भनेकाले नाकाबन्दीको हल्ला मात्रै भएको जिकिर गरे ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.