मोदीको पुत्ला जलाएपछि भारतीय राजदूतको कडा प्रतिक्रिया- यो कदम ठिक होइन्
काठमाडौं, १३ असोज । अघोषित नाकाबन्दीको विरोधमा आक्रोशित नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएपछि भारतीय राजदूत रञ्जीत रेले कडा प्रतिक्रिया जनाएका छन् ।
बुधबार लैनचौरस्थित भारतीय दूतावासमा पत्रकार सम्मेलन गर्दै राजदूत रे ले भारतको झण्डा र प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले भने- ‘यो कस्तो रणनीति हो मैले बुझेको छैन । तर, झण्डा जलाउने र पुत्ला दहन गर्ने विषय गम्भीर हो । यसले समस्या समाधान गर्छ भनेर सोच्नु हुन्छ भने एउटा कुरा हो । होइन भने हामीलाई लाग्छ यसले सहयोग गर्दैन ।’
उनले घुमाउरो भाषामा मोदीको पुत्ला र भारतीय झण्डा जलाए ठिक नहुने चेतावनी दिन खोजेका छन् । मोदीदूतावास पुत्ला भारतीय झण्डा जलाउने कार्यले नेपाललाई नै घाटा हुने उनको टिप्पणी छ । भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनकै कारण आपूर्ति रोकिएको उनको दाबी थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.