सुनौली नाकाबाट एक एलपी ग्यास र एक अक्सिजन भित्रिए
नेपाल भारतको सुनौली नाका बन्द नगर्ने सहमति भएपछि इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन्।
आज मध्यान्ह नेपाल र भारतीय ब्यापारीहरूले सहमती गर्दै नाका खुलाउने सहमती गर्दै आन्दोलनकारीलाई धपाउने निर्णय गरेका हुन्।
भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुखलाई राखेर दुबैतर्फका ब्यापारीहरूले सहमति गरेका हन्।
सहमति गरेपश्चात भारतीय भूमीमा लामबद्ध ट्रकहरू क्रमशः नेपाल भित्रिरहेका छन्। हिजो कुनै पनि ट्रक नेपाल नभित्रिएपनि आज तीन ट्यांकर पेट्रोल, १ अक्सिजन र एक ग्यास बोकेका ट्रक र खाद्यान्नसहितका १५ वटा ट्रकहरू नेपाल भित्रिएका हुन्।
सुनौलीमा वारी र पारीका व्यवसायी सहमति भएपछि सीमा नाकामा धर्नामा बसेका आन्दोलनकारी पछाडि हटेका हुन्।
अहिले सीमामा निर्वाध रूपमा सवारी पास भइहरेका छन्।




0 comments
Write Down Your Responses