अंगालो हालेर सुतेबापत लाखौं कमाउँछिन् यी महिला
अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले अनौठौं पेसा अंगालेकी छिन् । ‘प्रोफेसनल कड्लर’ अर्थात् व्यवसायीक रुपमा अंगालो हालेर सुत्ने पेसा अप्नाएकी स्यामुअलको यो पेसालाई धेरैले आश्चर्यका रुपमा लिन्छन् ।
तर, उनी भने यही पेसा गरेर उनी दैनिक ३६० डलर (करिब ३६ हजार नेपाली रुपैयाँ कमाउँछिन् जसले उनको पढाई र छोराको खर्चको धान्ने गरेकी छिन् । उनी कसैसँग अंगालो हालेर सुतेको प्रति घण्टा ६० डलर लिने गर्छिन् । कुनै बेला पैसा नभएर निकै अप्ठ्यारोमा परेपछि स्यामुअलले यो पेसा शुरु गरेकी थिइन् । स्यामुअलका अनुसार धेरैले यो पेसालाई नराम्रो मान्छन् ।

धेरैले उनीमाथि यौनव्यवसाय गरेको समेत लगाएको आरोप लगाए । ‘मेरो कलेजले समेत मलाई बर्खास्त गर्ने चेतावनी दिएको थियो,’ उनी भन्छिन्, ‘तर मलाई मैले कुनै गलत कार्य गरेको जस्तो लाग्दैन ।’ स्यामुअलका अनुसार यसरी अंगालो हालेर सुत्दा कुनै अश्लिल हर्कत गर्न पाबन्दी गरिएको छ । शुरुमा नै आफ्ना सर्तहरु सबै ग्राहकलाई प्रष्ट पारिन्छ । भित्री पहिरनका संवेदनशील अंगमा छुन मनाही छ ।

उनले यसरी अंगालो हालेर सुत्न आउनेमा सैनिक जावन, बृद्धदेखि महिलासम्म आउने गरेका छन् । उनले आफ्नो व्यवसायको प्रचार अनलाइनबाट गर्छिन् । उनका केही पूराना ग्राहक पनि छन्, विशेष गरेर आफ्नो पत्नीको मृत्यु भएका पुरुषहरु उनकोमा नियमित रुपमा आउने गरेका छन् ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.