दुबलो भएको कारण चिन्तित हुनुहुन्छ ? मोटो हुन अपनउनुहोस यी टिप्सहरु
ह्याङगरमा झुनडिएको ठुला कपड़ा , कमजोर सुकेको शरिर, खुकुलो पेन्टको कम्बर   यस्तो तपाईले महसुस गर्नुभएको छ भने यसको कारण तपाईको  शरिरको तौल  कम हुनु हो । एक अध्ययनका अनुसार संसारमा ७० प्रतिशत मानिसहरु मोटोपनका कारण चिन्तित छन्  भने २०  प्रतिशत मानिसहरु आफु दुबलो भएकोमा उदास रहेकाछन् । १०  प्रतिशत मानिसहरु मात्र स्वास्थ्य जिवनमा रमाउन सकेका छन् । मानिस दुबलाएको उसको शरीरको बाहरी भागमा प्रस्ट देख्न सकिन्छ । हड्डिहरु देखिनुका साथै गाला भित्र पस्दै जान्छ र बिस्तारै कमजोर शरीर कयौ प्रकारका रोगहरुवाट ग्रस्त हुन सक्छ । केहि महिलाहरु प्राय विवाह भन्दा अघि दुबलोपनको समस्याले चिन्तित भएको पाइएको छ । यस अवस्थामा के खाने, कस्तो एक्सरसाइज गर्ने, जसवाट छोटो समयमा दुबलोपनवाट छुटकारा पाउन सकियोस । यि समस्याका लागि हेर्नुस  टिप्सहरु….

दुबलोपनको समस्या हटाउने केहि टिप्सहरु:

१. बिहान उठे पछि हल्का-फुल्का एक्सरसाइज र योग गर्नुहोस, यसले तपाईको भोक बढाउनेछ ।

२. एक्सरसाइजको रुपमा मर्निङग वाक पनि गर्न सक्नुहुनेछ । ताजा हावा सँग मेटाबोलिज्म पनि सही हुनेछ ।

३. ब्रेकफास्टमा दूध, दहि र घिउको ज्यादा  प्रयोग गर्नुहोस । यसले तपाईलाई स्वास्थ्य राख्नुको साथै वजन  बढाउन पनि मद्दत गर्नेछ ।

४. प्रोटीन उर्जाको राम्रो स्रोत हो । यसको लागि दाल, माछा, चिकन, मटन र अण्डा खानु उपयुक्त हुनेछ ।

५. किसमिश  भिजाउनुहोस र विहान खाने गर्नुहोस । यसो गर्नले तपाई दुई-तीन महीनामा फरक महसुस गर्नुहुनेछ । साथै, किसमिशले बोसोलाई हेल्दी क्यलोरीमा बदल्ने काम गर्दछ।

६. दुबलोपनवाट मुक्त हुन ओखर खानु पनि उपयुक्त हुन्छ, किनभने यसमा मोनो अनसेचुरेटेड फ्याट हुन्छ । यो निकै फाइदाजनक हुन्छ ।

७. केरालाई राम्रो आहार मानिन्छ । दैनिक तीन-चार कोसा केरा खानाले तपाईको शरिरको तौल चाडै बढनेछ ।

८. आलूको मात्रा  खानमा बढाउनुहोस । आलूमा कार्बोहाइड्रेट पाइन्छ । आलु खाएर तपाई चाडै वजन बढ़ाउन सक्नुहुनेछ ।

९. केहि दिनका लागि खानलाई  नारिवलको  तेलमा पकाउनुहोस । नारिवलको  तेल पनि दुबलोपनको समस्या हटाउन मद्दत गर्दछ ।

१० . डेयरीका उत्पादनहरु जस्तै दूध, दही र पनीरमा फेटी एसिड पाइन्छ साथै ज्यादा मात्रामा क्यालोरी पनि । अलग-अलग तरीकाले यसको प्रयोग गर्नुहोस ।

११. वजन बढ़ाउनको लागि चिया, कफी, दारु, सिगरेट आदि देखि टाढा रहन आवश्यक पर्दछ ।

१२. धेरै समय सम्म सुत्नुहोस । ७-८ घण्ट सम्म सुत्नाले तपाईको वजन बढ्न मद्द मिल्नेछ ।

१३. खजूरलाई दूधमा उमाल्नुहोस । राति सुत्नुभन्दा पहिला राम्रोसँग खजुर चवाएर खानुहोस र दुध पिउनुहोस । दुई-तीन महिना सम्म यसो गर्नाले तपाईलाई अवश्य फाइदा हुनेछ ।

१४. दूधमा मह मिलाएर पिउनु पनि फाइदाजनक हुन्छ ।

१५. कब्जियत, अपच र ग्याष्ट्रिक जस्ता समस्या हुनेले डॉक्टरकोमा  सम्पर्क गर्नुहोस, दुवलोपन हुनको  पछाडि यि कारणहरु पनि हुन सक्दछन् ।

भिडियोको लागि तल क्लिक गर्नुहोस्




0 comments

Write Down Your Responses

Powered by Blogger.