बाबुरामको विश्लेषण : प्रचण्डले गल्ती गरे, ‘भारतको ‘व्यवस्थापन’ कमजोर
असोज ७
काठमाडौं– एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले  नेपालले संविधान निमार्ण गर्ने क्रममा थुप्रै गल्ती र कमजोरी गरेको बताएका छन् । भारतीय पत्रिका हिन्दूस्तान टाइम्सलाई अन्तरवार्ता दिदैँ उनले आफ्नो पार्टी माओवादीसहित नेपालका राजनैतिक पार्टीहरुले संविधान निमार्णका क्रममा गरेका कमजोरीले नेपाल भारत सम्बन्धमा राजनैतिक दरार देखिएको समेत बताएका छन् ।baburam

कमी कमजोरी सच्याउन चासो नदेखाएको भन्दै उनले घुमाउरो शैलीमा अध्यक्ष प्रचण्डको विरोध समेत गरेका छन् । उनले उत्पिडित समूदायलाई छाडेर आफ्नो पार्टी सत्ताधारी पार्टीहरुसँग मिल्न जानु नै समस्या भएको बताए ।

डा. भट्टराईले वाह्य र आन्तरिक शक्तिकेन्द्रले आज देखिएको समस्याको समयमा पूर्वानुमान गर्न नसक्दा यस्तो अवस्था आएको बताए । ‘समस्या समाधान गर्न दुवैले सूचना र सन्वय गर्न सकेनन्,’ उनले भनेका छन् । अन्तर्वार्तामा भट्टराईले शान्ति प्रक्रियामा दिल्लीले खेलेको भूमिका सराहनीय रहेको बताउँदै भारतको ‘व्यवस्थापन’मा समस्या रहेको औंल्याए । उनले भने, ‘एकभन्दा बढी च्यानलबाट सन्देश पठाउँदा नेपाल मिक्सड सिग्नल आयो ।’

मधेसी र थारुको पक्षमा भारतले व्यक्त गरेको चासो स्वभाविक रहेपनि नाकाबन्दी गर्नु भारतलाई नै अनुत्पादक हुने बताउँदै उनले मधेसी तथा थारुका समस्या सम्बोधन हुनुपर्ने कुरामा समेत पटक पटक जोड दिएका छन् ।

उनले मधेसी, थारु र अन्य जनजातिको आन्दोलनमा आफू आबद्ध हुने घोषणा समेत गरेका छन् । उनले जनयुद्धका दौरानमा उठाएका मुद्धाहरुलाई माओवादी नेतृत्वले संविधान निमार्णका क्रममा बलियो ढंगबाट उठाउन नसकेको पनि बताएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.