नाकाबन्दी लगाइरहेको भारतका राजदू रेले मुख खोेले
काठमाडौं, १२ असोज । संविधान जारी भएपश्चात नेपालमा नाकाबन्दी गरेर केही दिन यता मौन बसेको भारतका राजदूतले मंगलबार सानातिना विषयका कारण दुई देशबीचको सम्बधमा भने कुनै असर नपर्ने बताएका छन् । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ तथा खाद्यन्न अभावले नेपालमा हाहाकार भइरहेका बेला नेपालका लागि भारतीय राजदूत रञ्जित रेले उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपाल–भारत मैत्री समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत रेले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको पनि बताए । यद्यपी यसअघि दूतावास र भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो भने विश्वभरबाट संविधान जारी भएको स्वागत र शुभकामना दिइसक्दा दक्षिणी छिमेकी देश भारतले अहिले स्वागत गरेको छैन् ।

भारतको चासो तराई क्षेत्रमा देखिएको आन्दोलनलाई सम्बोधन गरेर दलहरु अघि बढुन् भन्ने मात्रै रहेको बताएका उनले नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेकाका कारण सीमाक्षेत्रबाट आयात–निर्यात् हुन नसकेको जिकीर गरे । स्मरणरहोस केही दिन अघि भारतले लिखित रुपमै संविधान संशोधन गर्दै केही बुँदा थप्न नेपाली नेताहरुलाई सुझाव सहित बुझाएको समाचार सार्वजनिक भएको थियो भने लगत्तै यसलाई भारतले खण्डन पनि गरेको थियो ।

सोही कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अघोषित नाकाबन्दी बढ्दै गए त्यसबाट असहज परिस्थिति उत्पन्न हुनसक्ने बताए । नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनेपछि अत्यन्तै घनिष्ठ बनेको नेपाल–भारत सम्बन्धमा अहिलेको नाकाबन्दीले चिसोपना ल्याएको रउनको भनाइ छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.