काठमाण्डुमा भारतविरोधी गतिविधि गर्ने समाप्त हुन्छन्ः महतो
वीरगन्ज, १० असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका प्रम्ुख नेतालाई मधेस आउन चुनौती दिएका छन् ।

रक्सौलस्थित सिमा नाकामा भएको कार्यक्रममा उनले दुई तिहाईको ‘फुर्ती गर्ने’ सुशील कोइराला, केपी ओली र प्रचण्डलाई मधेस झरेर देखाउन चेतावनी दिएका हुन् ।
उनले तीन दलका नेतालाई मधेसी, थारु र जनजाति विरोधीको आरोपसमेत लगाए । ‘म चुनौती दिन चाहन्छु हिम्मत भए बोलीको गोली छाड्ने केपी ओलीसहित ठूला दलका नेता मधेस आएर देखाउन्’, महतोले भने, ‘ आफू आउने हिम्मत छैन भने तराईबाट प्रतिनिधित्व गर्ने आफ्ना पार्टीका सभासदलाई पठाऊ, मधेसका जनता उनीहरुलाई खोजिरहेका छन् ।’
महतोले भारतीय सिमामा आफूहरुले नाकाबन्दी गरेको भन्दै भारतसँग जोडेर गलत प्रचार नगर्न भने । मधेस जलेको ४० दिनभन्दा लामो समय भइसक्दा पनि काठमाण्डु बहिरो भएर बसेकाले काठमाण्डुको दानापानी रोकिदिएको उल्लेख गरे ।
आफूहरुको माग पुरा नभएसम्म नाकाबन्दी जारी रहने पनि महतोले बताए ।
महतोले काठमाण्डुमा भारतविरोधी गतिविधि भइरहेको भन्दै दुई देशबीचको प्राकृतिक र अद्वितीय सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्व आफैं समाप्त भएर जाने बताए ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


2 comments

अब के हेरेर बसेका छौ ? झरौ सबै जना तराईमा अनि देखैदीउ हाम्रो रास्तृयता .... अब त अति भो... द्वन्द भये द्वन्दै सहि... #letsgotomadhesh

अब के हेरेर बसेका छौ ? झरौ सबै जना तराईमा अनि देखैदीउ हाम्रो रास्तृयता .... अब त अति भो... द्वन्द भये द्वन्दै सहि... #letsgotomadhesh

Write Down Your Responses

Powered by Blogger.