यसकारण नेपालीहरु भारतलाई मनपराउँदैनन्
महेश आचार्य(बीबीसी),
काठमाडौं । भारत र नेपालको बीच जुन किसिमको अनौठो सम्बन्ध छ, त्यस्तो सम्बन्ध दुनियाँमा बिरलै देख्न सकिन्छ । दुई देश बीचको १७ सय किलोमिटर लामो खुला सीमा छ, जसको दुई तिरै ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक कुराहरु मिल्छ ।
भारत अहिले खुाल रुपमा ती दक्षिण नेपालका पार्टीहरुलाई समर्थन गरिरहेको छ, जसले संविधानको विरोध गरेका छन् । जबकी नेपालका ठूला पार्टीहरुले भारतलाई आफ्नो देशमा नाकाबन्दी लगाएको आरोप लगाएका छन् । नेपालको सानो अर्थ व्यवस्था लगभग पुरा रुपमा भारतबाट आउने सामानको आपूर्तिमा टिकेको छ । कुरा नुनको होस् या, कार, पेट्रोल उत्पदन या अस्पतालको आकस्मिक उपकरणको आपूर्तिको हो, सबै भारतबाटै आउँछ ।
नेपालमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्न र त्यसको समर्थन गर्ने श्रेय धेरै मामलामा भारतलाई नै जान्छ । यति सघन आपसी तालमेलका बाबजुद पनि भारतलाई लिएर केही यस्ता कुरा छन् जुन नेपालीलाई कहिल्यै मनपर्दैन । ती कुरा निम्न छन्:
१. ‘बिग ब्रदर’ वाला नजर
धेरै नेपाली जनतालाई यो लाग्छ की नेपालको आन्तरिक मामलामा भारतले ‘ठूल्दाई वाला दबदबा’ देखाउने गर्छ । भारतले कुटनीतिक बल प्रयोग गर्दै नेपालको भन्दा पनि भारतको हितको लागि काम गर्ने गरेको बताइएको छ । अहिलेको नाकाबन्दी प्रकरणमा पनि भारतको ठूल्दाई हैकमले गर्दा भएको नेपाली जनता मान्छन् ।
२. असमान सन्धिहरु
नेपाल र भारतबीच भएका सन्धिहरुको लामो सूची छ, जुन नेपालको पक्षमा नभएको मानिएको छ । सन् १९५० को शान्ति र मित्रता सन्धिसँगै गण्डक, कोशी र महाकाली जल सन्धि पनि नेपालको हितमा नरहेको बताइन्छ । धेरैलाई यो लाग्छ कि नेपालको भागमा पर्ने पानी समेत भारतले दिएको छैन । यसैले नेपाली राजनीतिक नेतृत्वलाई ‘भारतको शर्तको सामुन्ने झुक्ने’ आरोप लाग्दै आएको छ ।
३. नेपालको सार्वभौकिताको सम्मान नगर्ने
धेरै नेपाली यो सोच्छन् की भारतले नेपालको ठूला घटनामा सधै छलफल गर्छ, चाहे त्यो नेपालको आन्तरिक मामिलाको मुद्दा नै होस् । नेपालको नयाँ संविधानमा झण्डै ९० प्रतिशत जनप्रतिनिधिको समर्थन छ । तर, भारतले नेपालको संविधानमा आपत्ति जनाएपछि नेपालीहरु भारतसँग दुखि छन् ।
४. सीमा प्रवेश गर्ने चौकीमा अभद्र व्यवहार
कामको खोजीमा भारतमा पुगेका नेपालीहरुलाई स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले अभद्र व्यवहार गर्ने गरेका छन् । पछिल्लो वर्ष नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो स्थितिको सुधार गर्ने बाचा गरेको थिए । तर, अहिलेसम्म समस्या जस्ताको जस्तै छ ।
५. सीमा अतिक्रमण
नेपाली जमिनको अतिक्रमणसँग जोखिएको मुद्दामा दुई देशबीच सधै तनावको कारण बन्ने गरेको छ । यो समस्या केहि सीमावर्ती इलाकामा मात्र सिमित छ । तर, यसले दुबैको सम्बन्धमा समस्या आउने गरेको छ । उदाहरणको लागि कालापानी तथा लिपुलेका इलाकामा नेपालको भू–भाग भारतले अतिक्रमण गरेको छ । जो भारतसँगै नेपालको पनि एक हिस्सा हो ।
६. असंवेदनशील भारतीय मीडिया
भारतीय मीडिया, विशेषगरी टीभी न्यूज च्यानलले नेपालको बारेमा सनसनी तथा अनिराष्ट्रवाद फैलाउन औजारको रुपमा लिने गरेका छन् । भारतीय मिडियाहरु छिमेकि देशको समस्या तथा त्योसँग जोडिएका तथ्यको केहि मतलव नगर्ने धेरैले मान्ने गरेका छन् । भारतीय मीडियाहरु सानो मित्रराष्ट्रप्रति असंवेदशील भएको उनीहरुको भनाई छ । नेपालमा हालै आएको भूकम्पपछि जब भारतीय मिडियाहरुले असंवेदनशील रिपोर्टिङ गरेको भन्दै ट्विटरमा #GohomeIndianmedia ट्रेन्ड चर्चामा आएको थियो ।
७. दोस्ती–दुस्मनीको सम्बन्ध
नेपालीहरुलाई भारतका धरै कुराहरु मन पर्छ । बहुसंख्यक हिन्दू नेपाली भारतका धेरै तीर्थस्थलहरुमा जाने गरेका छन् । त्योबाहेक भारतको चलचित्र, खाना लगायत यस्ता चिज छन् जोबिना धेरै नेपालीहरुको जीवन नै चल्दैन । तर, नेपालको बारेमा यदि कसैले नाकारात्मक कुरा गरेमा नेपालीहरु कुद्ध हुन्छन् । सन् २००० मा बलिउड नायक रितिक रोशनले एक अन्तरवार्तमा नेपालबारे नाकारात्मक कुरा बोल्दा दंगा भड्किएको थियो । यद्यपी रितकले नेपाललाई मन नपराउने भनेर कतै नभनेको प्रतिक्रिया दिएका थिए ।
८. नेपालमा चीनको असर
धेरै मान्छन् की नेपालमा चीनको प्रभाव बढ्दै गएपछि भारतले चिन्ता भन्दाबढि सम्बन्ध बिगार्दै गएको छ । नेपाल र भारतको सम्बन्ध जस्तै अन्य देशबीच हुन नसक्ने धेरै नेपाली मान्छन् । किनकी दुई देशबीच धेरै समानता छन् । तर, नेपालको कठिन परिस्थितको भारतले बुझ्न नसकेको धरैले बताउने गरेका छन् । जबकि नेपाल दुई ठुला देशबीच सन्तुलन राख्न जुटिरहेको छ
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses