भारतिय चाहना : ओली नै प्रधानमन्त्री, हिन्दु राज्य र संविधान संशोधन
काठमाडौँ, १८ असोज ।
भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणु यादवले नेपालमा देखिएको समस्या समाधान गर्न मधेसबादी दलहरु बार्तामा बस्नु पर्ने बताएकी छिन । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नेपालमा नाकाबन्दी नभएको स्पष्ट पार्दै विहारमा आशन्न निर्वाचनलाई मध्य नजर गरेर सीमामा केही कडाई भएको बताईन । यादवले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने आफूहरुको स्पष्ट चाहना रहेको बताउँदै उनले त्यो नभएपनि मधेसको माग पुरा गरेर गए नेपालको संविधानमा आफुहरुको कुनै आपत्ति नरहने स्पष्ट पारिन ।
काग्रेस आईका बरिष्ठ नेता मणिशंकर ऐयरले भारत सरकारका बरिष्ठ मन्त्री नेपाल गएर छलफल नगरी समस्याको समाधान नहुने भन्दै सकेसम्म भारतीय गृहमन्त्री राजनाथ सिंह नै नेपाल गएर छलफल गर्नु पर्ने आवश्यकता औल्याए । उनले आरएसएसले नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहेको तर नेपाल धर्म निरपेक्ष मुलुक भएकोले नेपाललाई दुख दिएको आरोप लगाउँदै नेपालमा भारत सरकारको नीति असफल भएकोले यसमा परिवर्तनको आवश्यकता औल्याए । उनले मधेसको मागलाई संबोधन गरेर नेपाल अघि बढ्नु पर्ने मा पनि जोड दिए । ऐयरले संविधानमा आफूहरुका पनि केही असहमति भएको भन्दै त्यसलाई संविधान संसोधनमार्फत समाधान गर्न सकिने विश्वास ब्यक्तगरे ।
भारतीय राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीले १६ बुँदे सम्झौता हुँदा नै नेपालका प्रमुख दलहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान जारी भएपछि प्रधानमन्त्री बनाउने सहमति भएकोले दलहरु त्यसबाट ब्याक हुन नहुने तर्क गरे । उनले भने–केपी ओलीको नेतृत्वमा नेपालमा सहमतिको सरकार बन्नु पर्छ । म उहाँकै नेतृत्वमा सरकार बन्नेमा आशाबादी छु । नेपालमा सहमतिको सरकारको विकल्प छैन । नेपालले राम्रो संविधान बनाएकोले त्यसमा आफूहरुको समर्थन रहेको भन्दै संविधानको विरोध गर्नुको अर्थ नभएको बताए । मधेसका मागलाई संबाद गरेर संविधान संसोधन गर्दै अगाडि बढ्न सकिन्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.