एमाओवादी अध्यक्ष प्रचण्ड चीन जाने
भारतसँग सम्वन्ध चिसिएकाबेला एमाओवादी अध्यक्ष प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
प्रचण्डका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले प्रचण्डको २९ असोजमा हुने चीन भ्रमणको पुष्टि गरे ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा सहभागी हुन प्रचण्ड चीन जान लागेको उनले जानकारी दिए ।
चीन बसाइको क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने खड्काले बताए ।
0 comments
Write Down Your Responses