रसुवागढी नाका खुल्यो
रसुवा, असोज २८
रसुवाको रसुवागढी नाका आजबाट खुलेको छ । बिहान ९ बजे दुवै देशका सरकारी अधिकारीको उपस्थितिमा एक समारोह गरी बन्द रहेको नाका खुलाइएको छ । गत वैशाख १२ गते भूकम्प गएपछि सो नाका बन्द भएको थियो । रसुवागढीसँग सिमा जोडिएको केरुङमा भूकम्पले ठूलो क्षति पुर्याएपछि सो नाका अबरुद्ध बन्न पुगेको थियो ।

नाका खुलाउन  नेपालका तर्फबाट स्थानीय प्रशासनले २ साताअघि नै सबै तयारी पुरा गरेपनि चीनका कारण केही ढिलाई भएको हो । चीनसँग जोडिएको सबैभन्दा ठूलो नाका तातोपानी पनि भूकम्पसँगै अवरुद्ध हुदाँ त्यहाँ ५ सयदेखि ६ सयसम्म कन्टेनर थन्किएका छन् ।

नाका सञ्चालन गर्न नेपालतर्फ भने भन्सार, अध्यागमन, प्रहरीलगायत सरकारी कार्यालय पहिलेकै स्थानमा पुनस्थापना गरिसकिएको छ। रसुवागढीमा अध्यागमन, भन्सार, क्वारेन्टाइनलगायतका सरकारी कार्यालय नाकाभन्दा डेढ किलोमिटर वर स्थापना गरिएको डिएसपी अवदेश विष्टले जानकारी दिए ।

नाका खुलेपछि ब्यापारीहरु भने खुसी भएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.