भारतीय राजदुतले जिताउने जिम्मा लिएपछि कोइरालाले उम्मेदवारी दिएको खुलासा
काठमाडौं । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रन्जित रेले शुक्रबार राति भेटेका थिए ।

आजको नागरिक दैनिकमा खबर छ तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको पार्टी उमेद्वार टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालालाई प्रधानमन्त्रीमा पुनः अघि सर्न आग्रह गरेको स्रोतको दाबी छ ।

त्यसअघि कोइराला प्रधानमन्त्रीमा उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने पक्षमा उनी रहेको निकट नेताले जानकारी दिए । ‘भारतीय राजदुत उहाँ (प्रधानमन्त्री)लाई भेट्न राती आउनुभएको थियो’ निकट स्रोतले भन्यो, ‘पार्टीबाट तीनमध्ये को उम्मेदवार हुने भन्ने टुंगो नलगेको बेला आफैं अघि सर्ने निष्कर्षमा पुग्नुभएछ ।’ केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व कसले गर्न जाने भन्ने टुंगो शीर्ष नेतालाई दिएको थियो ।

एकाएक उम्मेदवारी दिएका कोइरालाले भारतको आश्वासनपछि शनिबार व्यवस्थापिका संसदमा प्रतिनिधित् गर्ने दलका  शीर्ष नेतालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । कांग्रेसले शनिबार राती एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेदवार कोइरालालाई मतदान गर्न पनि सांसदहरुलाई अपील गरेको छ ।



1 comments

will IA go home IF Koirala loses with KP Oli?

Write Down Your Responses

Powered by Blogger.