मोदीजीले इन्क्वायरी गर्दै हुनुहुन्छ : राजदूत उपाध्याय
दीपकुमार उपाध्याय, भारतका लागि नेपाली राजदूत
संविधान जारी हुनुअघि भारतको 'स्थिर र समृद्ध नेपालबाहेक अरु स्वार्थ छैन' भन्ने लाइनको कुरा थियो । म पनि ढुक्क भएँ । तर, पछि आएको प्रतिक्रियाबाट म हतप्रभ भएँ, अपेक्षा गर्दै नगरेको कुरा भइदियो ।
मोदीजीको जानकारीमा सीमा अवरुद्ध भएकोमा मलाई अहिले पनि विश्वास छैन । बरु यसबारेमा मोदीजीले इन्क्वायरी गरिरहनुभएको छ भन्ने बुझेको छु । कुन तहको आदेशबाट यो भएको हो भन्नेमा उहाँहरु बुझ्दै हुनुहुन्छ ।
एउटा बलियो पार्टी भाजपाका उच्चतहका नेताले नेपाली जनताको दुःख हाम्रो चाहना होइन, अनपेक्षित घटना भयो भनिरहेका छन् । भारतीयहरु 'छिट्टै सल्टाउने हो' भनिरहेका छन् । 'छिट्टै भनेको कहिले हो ?' म सोधिरहेको छु ।
यो घटनाले नेपाललाई मात्र होइन भारतलाई पनि ठूलो पाठ भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses