ओलीलाई उपराष्ट्रपतिको चेतावनी : म राष्ट्रको दोस्रो ठुलो ब्यक्ति हुँ, धम्कि दिँदा ख्याल गर
काठमाडौं, १५ असोज । उपराष्ट्रपति परमानन्द झाले मर्यादाको ख्याल गरेर मात्र अभिब्यक्ति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । विहीबार साँझ एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै उपराष्ट्रपति झाले आफु राष्टको दोस्रो पर्यादामा रहेको ब्यक्ति भएको एमाले अध्यक्ष ओलीलाई स्मरण गराएका छन् ।
एमाले राष्टिय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले ‘राजनीति गर्न नमिल्ने संस्था र ब्यक्ति राजनीतिक मैदानमा उत्रेको नसुहाउने’ भन्दै उपराष्ट्रपतिलाई राजनीतिक लेक्चर नदिन आग्रह गरेका थिए । ओलीले अभिब्यक्ति दिनुअघि उपराष्ट्रपति झाले एक राजनीतिक बिज्ञप्ती जारी गरेका थिए । ‘कर्णालीले आन्दोलन गर्दा प्रदेश थपियो तर मधेसीले यति लामो आन्दोलन गर्दा पनि राज्य सञ्चालक मौन छन् यही हो राज्यको विभेदकारी नीति’ उपराष्ट्रपतिले बिज्ञप्तीमा भनेका थिए ‘समस्या समाधानका लागि संशोधन भन्दा संविधान पुर्नलेखन नै राम्रो’ हुने तर्क गरेका थिए ।
संविधान पुर्नलेखनको तर्क गर्ने उपराष्ट्रपतिलाई ओलीले नयाँ संविधान ख्याल ठट्टा नभएको चेतावनी दिएका थिए । ‘महामहिम ९० प्रतिसत जनप्रतिनिधीले बनाएको संविधान हो ख्याल ठट्टा नगर्नु ।’
ओलीको यही भनाईलाई प्रतिजवाफ दिँदै उपराष्ट्रपति झाले भने ‘एक प्रमुख दलका मुख्य नेताले मेराबिरुद्ध अभिब्यक्ति दिएछन् साहेद उनलाई ख्याल भएन छ म राष्ट्रको दोस्रो मर्यादाको ब्यक्ति हुँ ।’ उपराष्ट्रपति झाले घुर्कि नदिन ओलीलाई आग्रह गरेका छन् । ‘म ओलीको धम्किबाट डराउँदिन’, उपराष्ट्रपति झाले भने ‘मैले राजनीतिक गरेको छैन धम्क्याउने काम नगर्नु ।’
देशको उपराष्टपति भन्दा मधेसी मोर्चाको नेता जस्तो सार्वजनिक सञ्चारमाध्यममा अभिब्यक्ति दिएका झाले भारतले नाकाबन्दी नगरी मधेसी जनताले सीमानाका रोकेको बताए । उनले अंगिकृत नागरिकतालाई केही बर्षपछि मान्यता पूर्ण नागरिकताको मान्यता दिनु पर्ने धारणा पनि राखे ।
भिडियो हेर्न तल क्लिक गर्नु होस
1 comments
Write Down Your Responses




October 2, 2015 at 2:55 PM
Sala rastraghati chor..