तातोपानी नाका खुल्यो; यातायात सुचारु
डिभिजन सडक कार्यालय चरिकोटका डिई रामहरी पखरेलका अनुसार बाह्बिसे देखि मितेरी पुल सम्म हाल ठूला गाडि एकतर्फी चल्नेछन भने साना गाडी दुईतर्फी नै चल्नेछन।
मालवाहक सवारी साधन भने एकहप्तापछि दुईतर्फी नै सञ्चालनमा आउने पनि पोखरेलले जानकारी दिनुभयो। भुकम्पपछि आएको सुख्खा पहिरोले अवरुद्ध यो सडक चिनियाँ र नेपाली सुरक्षाकर्मीको संयुक्त पहलमा खोलिएपनि फेरि पहरोगएपछि बाटो अवरुद्ध भएको थियो। पहरोपछि तातोपानी नाका अरुद्ध हुँदै आएको थियो। तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो।




0 comments
Write Down Your Responses