भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दी विरुद्ध राजधानीमा उत्रियो मानवसागर
काठमाडौं । भारतीय हस्तक्षेप र अघोषित  नाकाबन्दीमा विरुद्ध आज मानव सागर राजधानीमा उत्रिएको छ । राष्ट्रिय स्वधिनता अभियानको आयोजनामा भएको उक्त प्रर्दशनमा हज्जारौको संख्यामा युवा , विद्यार्थी, कलाकार बुद्धिजिवि, पत्रकार देखी सर्वसाधारण नेपाली राजधानीको रत्नपार्कमा उत्रिएका हुन ।
प्रर्दशनमा पारवाहन सुविधा हाम्रो हक, वैदेशिक हस्तक्षेप मान्दैनौं लेखिएको ब्यानर,प्लेकार्ड बोकेका र सोही सन्देश लेखिएका टिसर्ट लगाएका युवाहरूको उल्लेख्य उल्लेख्य उपस्थिति रहेको छ ।
शान्तिवाटिकामा भेला भएका प्रदर्शनकारीको विरोध र्याली पुरानो बसपार्क, सहिद गेट, सुन्धारा, वीर अस्पताल अगाडि हुँदै रत्नपार्कको शान्तिवाटीकामै पुगेर विरोध सभामा परिणत भएको छ ।
सभामा कलाकारहरूले गीत, व्यंग्य प्रस्तुत गरेका छन् भने युवा विद्यार्थीहरूले भारतीय हस्तक्षेपको विरोध गर्दै नेपाल सरकार र नेताहरूलाई नझुक्न आव्हान गरेका छन्।
प्रर्दशनमा भारतिय हस्तक्षेपका विरुद्ध चर्को नाराबाजी लागाइएको छ । प्रर्दशनकारीले भारतिय हस्तक्षेपकारी नितिको विरोध गर्दैै नेपाल एक स्वधिन र स्वतन्त्र देश हो भन्दैे स्वाधिनको पक्षमा नेपालीहरुले उठाएको आवजलाई बेलैमा सुन्न भारतिय सरकार प्रमुख नरेन्द्र मोदीलाई आग्रह गरेका छन् ।
यदि अटेर गरेमा त्यसको परिणाम भारतले नै भोग्नु पर्ने चेतावनी दिएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.