प्रधानमन्त्री ओली र चिनियाँ राजदुतबीच भेटवार्ता
भेटमा ओलीले भारतीय नाकावन्दीको कारण मुुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गरेका छन ।
जवाफमा चिनिया राजदूत चुन्ताइले पेट्रोलियम पदार्थ नेपाललाई उपलब्ध गराउनका लागि चीन सरकार सकारात्मक भएको भन्दै त्यसका लागि आवश्यक पहल आफलु गर्ने जानकारी गराएका छन ।
पेट्रोलियम पदार्थ चीनसँग खरिद गर्ने सम्वन्धमा सरकारी स्तरमा औपचारिक प्रस्ताव आए त्यसमा सहयोग गर्न चीन सधै सकारात्मक रहेको जानकारी समेत चुन्ताइले गराएका छन । भेटमा चिनिया राजदूतले नयाँ संबिधान जारी भएकोमा चीनले स्वागत गरेको भन्दै प्रधानमन्त्री ओलीलाई चिन भ्रमणको निम्ता समेत दिएका छन ।
ओलीले समय तय गरेर चिन भ्रमण गर्ने जानकारी समेत गराएको बुझिएको छ ।




0 comments
Write Down Your Responses