आन्दोलनका मुख्य नाइके नेताले नै गरे नाकाबन्दीको चर्को विरोध
शुक्रबार, २२ असोज
काठमाडौं ।  भारतीय नाकाबन्दीलाई समर्थन गर्दै नेपाली जनतालाई पीडा माथि पीडा दिन लागिपरेका केही राजनीतिक दलका नाइकेहरु पनि अहिले नाकाबन्दीको विरोधमा देखिएका छन् ।
बिहीबारको संसद बैडकमा बोल्दै मधेस आन्दोलनको नाइके दल संघीय समाजवादी फोरम नेपालकै वरिष्ठ नेता अशोक राइले नै नाकाबन्दीको विरोध गरेका छन् ।
फोरमका वरिष्ठ नेता अशोक राईले नाकाबन्दीबाट जनताले दुःख पाइरहँदा सरकार टुलुटुल हेरेर बसेको आरोप लगाए । आफै सडक छेक्ने अनि जनताले दुःख पाएको अपाल ब्यहोर्ने अशोक राईको भाषण सुनेर संसदमा हाँसो र आक्रोश देखिएको थियो ।
भारतको नांगो हस्तक्षेपलाई सहयोग गर्दै आएको फोरमका बरिष्ठ नेता राइले आन्दोलनलाई निकास दिन सरकार नलागेको बताए ।
उनको पार्टीका अध्यक्ष लगायत अधिकांस नेताहरु सीमा भन्दा पर दशगजामा गएर भारतीय प्रहरीको संरक्षणमा नेपाल प्रहरमिाथि नै आक्रमण गरिरहेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.