‘भारतलाई खुसी बनाउन तातोपानी नाका खोलिएन’
 २२ शुक्रबार
काठमाडौं : वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएको चीनसँगको उत्तरी नाका सरकारले नियतवश नखोलिएको सांसदहरुले बताएका छन् ।

शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै सभासद्हरुले कसैको प्रत्यक्ष दबाबमा परेर सरकारले नियतवश तातोपानीसहितका चिनियाँ नाका नखोलेको बताएका हुन् ।

बैठकमा बोल्दै एमाओवादीका सभासद् अग्निप्रसाद सापकोटाले भारतलाई खुसी बनाउने नाममा चिनियाँ नाका नखोलिएको बताएका हुन् ।

‘तातोपानीसहितका चीनसँगका नाका नियतवश बाटो नखोलिएको हो’, उनले भने, ‘भारलाई खुसी बनाउने नाममा तातोपानी नाकाको बाटो सरकारले नखोलेको हो ।’

चीनतर्फका आठवटा नाका खोल्नका लागि सरकारले यथाशिघ्र पहल थाल्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारकै मन्त्री अहिले हामी हतार नगरौं, भारतलाई नै खुसी बनाएर समस्याको समाधान गरौं भन्छन्’, उनले भने, ‘सरकारकै मन्त्रीका कारण अवरुद्ध सडक खोल्ने तदारुकता देखाइएको छैन ।’

सापकोटाले चीनसँगका सबै नाका खोल्न जोड दिँदै तत्कालै तातोपानी, रसुवा र कोरलासहिताका नाका खोलिनुपर्नेमा जोड दिए ।

भारत रिसाउने नाममा आत्मनिर्णयको अधिकार कुण्ठित पार्न नहुने बताउँदै सभासद् सापकोटाले आफू बलियो हुनका लागि भारतसँगको मात्रै निर्भरता कम गर्न चिनियाँ नाका खोल्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

बैठकमा अन्य दलका सभासद्हरुले पनि भारत रिसाउने नाममा चिनियाँ नाका नखोली बस्नु बेठीक भएको बताएका थिए ।
annapurnapost


0 comments

Write Down Your Responses

Powered by Blogger.