गच्छदारको पार्टीले ओलीलाई मत दिने
काठमाडौं, असोज २४
मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)सँग नेकपा एमाले र एमाओवादीले ८ बुँदे सहमति गरेको छ।  सहमति अनुसार अब फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्ने भएको छ।
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार थारु र मधेशीले राखिरहेको माग सम्बोधन गर्ने लगायतका ८ बुँदे सहमति भएको बताए। संसदमा फोरम लोकतान्त्रिकका १४ सांसद रहेका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.