ओलीका भोट संसदबाटै गायब, को-कोले छाडे ?
उनीहरुले एमालेको समर्थन फिर्ता लिएर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका अर्का उम्मेदवार सुशील कोइरालालाई भोट हाल्ने निर्णय समेत गरेका छन् । यसरी समर्थन फिर्ता लिने साना पार्टीका तीन सभासद रहेका छन् ।
खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राई, नेपाली जनता दलका सभासद हरिचरण साह र दलित जनजाति पार्टी नेपालका सभासद यशोदा कुमारी लामाले एमालेले आफूहरुलाई स्थान नदिएको भन्दै क्याम्प परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् ।
0 comments
Write Down Your Responses