हङकङमा झन्डै पड्किएकाे थियाे नेपाल एयरलाइन्सको जहाज

काठमाडाैं, असाेज ३० ।  नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । जहाजमा प्वाल परेकाे कारण एयरबस झन्डै दुर्घटनामा परेकाे हाे ।

जहाजमा प्वाल परेको कुरा पाइलटले जहाज उड्ने अन्तिमसमयमा मात्रै थाहा पाएका थिए ।

नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङको स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो ।

तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो । खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो ।

जहाज क्याप्टेन विजय लामाले उडाउने अन्तिम तयारी गरेका थिए । सोही अवस्थामा जहाज उडेको भए जहाज निश्चित उचाइमा पुगेपछि जहाजमा हावा पस्थ्यो । यसरी जहाजमा हावा पसेपछि आकाशमै पड्कन पनि सक्छ ।

क्याप्टेन लामाले जहाजमा प्वाल परेको थाहा पाएर जहाज उडान रोकेपछि संम्भावित दुर्घटना टरेकाे थियाे ।
ratopati.com/


0 comments

Write Down Your Responses

Powered by Blogger.