भारतले दियो अर्को झड्का, तेल हैन वार्ता नै गर्न मानेन
नयाँदिल्ली । उच्चस्तरीय पहलबाट तेल दिने आशय व्यक्त गरेको भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमका उच्च अधिकारीहरुसँगको वार्तालाई ठाडै अस्विकार गरिदिएको छ ।
भारतले तीन सातायता लादेको नाकाबन्दीले नेपालमा जनजीवन आक्रान्त भइरहेका बेला भारतीय आयल निगमले नेपालका अधिकारीहरुसँगको निर्धारीत वार्ता अस्विकार गरेर ठाडो चुनौती दिएका हुन्।
भारतसँगको तिक्त सम्बन्ध सुधार्न भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शनिबारनै दिल्ली पुगेका छन् । तर, आईओसीका अध्यक्ष बी अशोकले नेपाल आयल निगमका उच्च अधिकारीसँग हुने भनिएको वार्ता गर्न अस्विकार गरेर भारतको नियत प्रष्ट पारिसकेका छन् ।
नेपाल आयल निगमका कार्यवाहक निर्देशक मुकुन्द घिमिरेलाई वार्ताकालागि बोलाएर पनि समय छैन भन्दै टारीएको हो । आइओसीले निकै तल्लो स्तरका कर्मचारीसँग घिमिरेलाई वार्ताकालागि समय दिएको थियो ।
भारतको यो रवैयाका कारण आम नेपाली जनता दशैं जस्तो माहान् पर्वपनि अस्तव्यस्त तालमा मनाउन बाध्य हुने भएका छन् ।




0 comments
Write Down Your Responses