ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि दिल्लीमा मच्चीयो खैलाबैला
काठमाडौं । आफ्नो अनुमान विपरित एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएपछि भाारतीय संस्थापन पक्ष झस्किएको छ ।
भाारतले अनुमान गरे विपरित ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि दिल्लीमा रुवाबासी सुरु भएको स्रोत बताउँछ ।
भारतीय दुतावासमा समेत ओली प्रधानमन्त्री बन्ने भएपछि सबैले पुर्पुरोमा हात राखेर बसेको लैनचौर स्रोत बताउँछ ।
भारतीय जनता पार्टीको अनुमान विपरित राप्रपा नेपालले समेत ओलीलाई समर्थन गर्ने पक्का भएको र ओलीको समर्थकमा थापा बसेकाले उनीहरु हच्किएका छन् ।
भारतले अन्तिमसम्म कांग्रेस एमाले जुधाएर पुनः सुशील कोइरालालाई नै प्रधानमन्त्री बनाउन खोजेको थियो । भारतीय कार्डका रुपमा कोइराला प्रयोग भएका थिए ।
कोइराला भारतीय निर्देशन अनुसारनै उम्मेदवार भएको लैनचौर स्रोतको दाबी छ । भारतीय कार्ड असफल भएपश्चात् दिल्लीमा रणनीति बन्दै गरेको बताइएको छ ।
दिल्लीले अन्तिमसम्म पनि कोइरालालाई प्रधानमन्त्री बनाउने पहल गर्ने रणनीति बनाएको छ । नभए ओलीलाई नै गलाउने नीति लिने बताइएको छ ।
भारतले दशैं, तिहार, छठ जस्ता महान् पर्वको मुखमा लगाएको नाकाबन्दीका विरुद्ध ओली चर्को रुपमा प्रस्तुत भइरहेका छन् ।
कोइरालाले भने कुनै पहल नै नगरेको आरोप लाग्ने गरेको छ । दिल्लीमा मच्चीएको खैलाबैलाले काठमाडौंमा असर पार्ने हो की होइन हेर्न बाँकी छ ।
0 comments
Write Down Your Responses