आजदेखि ‘अघोषित नाकाबन्दी’ खुल्यो, मोदीलाई यसरी फकायो नेपालले
अमेरिकाको भ्रमण गरी स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली प्रतिनिधी मण्डलले शनिबार भेटरै फकाएपछि मोदीले ‘अघोषित नाकाबन्दी’ खोल्न विदेश मन्त्रालयमार्फत मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मोदीको निर्देशनपछि नेपालसँग जोडिएका सीमा नाका शनिबार अपराह्नदेखि नै खुलेका छन् । साथै भारतसँग जोडिएका नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन पनि निर्देश गरिएको छ ।
मोदीलाई प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपाली प्रतिनिधी मण्डल बनेर उद्यमी विनोद चौधरीले नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको र संशोधनको सहमति गरेर तत्काल लागू हुने तयारी गरिएको भनेर फकाएका थिए ।
भारतसँग जोडिएका नेपालका मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुरबाट शनिबार राति देखि नै आपूर्ति सूचारु हुने नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses