एउटा स्कुटरमा युवती बिकेपछि...
आफ्नो सोख पूरा गर्ने सपनामा युवतीहरु गलत संगतका कारण बिग्रने गरेका छन् । स्कुटर चढ्ने सपनाको पछाडि लाग्दा ललितपुरमा एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् । ललितपुरकी २१ वर्षीया रिना महर्जनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी ठगी मुद्धामा कारबाही अगाडि बढाएको हो ।
प्रहरीकाअनुसार ठगीमा उनको प्रत्यक्ष संलग्नता छैन । तर, स्कुटर चढ्ने र राम्रो लगाउने लोभमा फस्दा उनी यतिबेला पक्राउ परेकी हुन् । पैसाको लोभमा उनी एक नामुद ठगको संगतमा परिन । ती ठगले उनलाई स्कुटर पनि किनिदिए । महंगा कपडा पनि किनिदिए । तर, त्यसको पछाडि स्वार्थ थियो । उनै युवतीलाई प्रयोग गरेर उनले पछि लाखौं रुपैयाँ ठगी गर्न सफल भए ।
ललितपुर प्रहरी स्रोतकाअनुसार युवतीलाई राजस्व अनुसन्धान विभागको अधिकृतको कार्ड बनाइदिएका थिए । त्यही कार्ड देखाएर युवतीले आफ्ना साथीलाई सरकारी जागिर खाएको धाक लगाउन थालिन । उनका साथीहरुले पनि आफूलाई जागिर लगाइदिन आग्रह गरे । त्यसका लागि उनले तिनै ठगलाई भेटाइदिइन । विभिन्न बहानामा ती ब्यक्तिले सरकारी जागिर लगाइदिने भन्दैं एकै ब्यक्तिबाट २५ लाख रुपैयाँसम्म ठगी गरे । त्यसरी विभिन्न बहानामा एक दर्जनभन्दा धेरै ब्यक्तिलाई ठगी गरेको खुलेको छ । ठगी गर्न युवतीलाई सम्पर्क ब्यक्तिको रुपमा प्रयोग गरिएको थियो ।
युवतीसँगै कलेज पढ्नेहरु समेत सरकारी जागिरको प्रलोभनमा ठगिएका छन् । ठगी गरेपछि ती ब्यक्ति युवतीलाई छाडेर फरार भइसकेका छन् । युवती चाहिँ प्रहरी खोरमा परेकी छन् ।
ठगहरुले यसरी धेरै युवतीहरुलाई प्रयोग गर्दै आएका छन् । जडिबुटीको कारोबारको बहाना ५० लाख रुपैयाँ ठगी गर्ने इन्दिरा रिमाललाई महानगरीय अपराध महाशाखाले गत महिनामात्र पक्राउ गरेको थियो । अर्काको करा बन्धक बनाई ऋण दिएर पछि घर नै कब्जा गर्ने पुष्पा दाहाललाई पनि महाशाखाले गत जेठ २४ गते पक्राउ गरेको थियो । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।
0 comments
Write Down Your Responses