फेरी उपद्रो मच्चाउँदै आङकाजी !
काठमाडौं, १९ असोज । सामाजिक सद्भाव भड्काएको अभियोगमा झण्डै दुई हप्ता हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले फेरि उपद्रो मच्चाउन थालेका छन् ।
टीकापुरको हिंसात्मक घटनापछि सामाजिक सञ्जालमा जथाभावी लेखेर प्रहरी खोरमा परेका शेर्पा २० धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएपछि फेरि सामाजिक सञ्जालबाट सामाजिक सदभाव भड्काउने गरी सन्देश लेख्न थालेका छन् ।
मंगलबार मात्रै शेर्पाले १० औं सन्देश आफ्नो फेसबुकमा लेखेका छन् । जसमा दशै मनाउनुहुँदैन् भनेर समेत लेखेका छन् । जनजातिले कहिल्यै दशै नमनाएको दाबी गर्दै शेर्पाले दशै बहिष्कार गर्नुपर्छ भनी लेखेका छन् । उनले दशै भारतबाट आयातित चाँड भएको समेत दाबी गरेका छन् ।
यस्तै, उनले अर्काे सन्देशमा केपी ओली प्रधानमन्त्री भए देश गृह युद्धमा फस्ने चेतावनी दिएका छन् । ‘तानशाह केपी ओली प्रधानमन्त्री भएमा नेपालमा गृहयुद्ध निमत्याउन सक्छ !’ उनले लेखका छन्– ‘नेपालमा गृह युद्द हुन नदिने हो भने केपी ओली प्रधानमन्त्री हुन रोक्नुपर्छ । राजनीतिक विश्लेषको विश्लेषण ।’
अर्काे सन्देशमा शेर्पाले हामी भारतीय होईनौ ! हामी नेपालका थारु, मधेसी र जनजाति होऔ ! संविधानमा हाम्रो अधिकार सुनिश्चित गर्न ! हाम्रो आन्दोलन जारी छ ! भनेर लेखेका छन् ।
यी त केही उदाहरण मात्र हुन् । उनको फेसबुकमा हेर्ने हो अधिकांश सन्देश जात वर्ग छुट्याउने खालका लेखिएका छन् । अर्थात समाजमा रहेको जातजातिबीचको सदभावलाई विगार्ने गरी उनले लेखेका कुराले सन्देश दिएको छ । उपर्दाे मच्चाएर एक पटक प्रहरी खोरमा पुगेका आङकाजीले यस्ता सन्देश लेख्न नछाडे उनलाई फेरि पनि प्रहरी खोरसम्म पु¥याउन सक्छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.