केपी ओलीः झापा विद्रोह देखि सिंहदरवार सम्म
नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री बनेका छन् ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाई ८९ मतले पराजित गर्दै ओली ३८ औं प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

कांग्रेसले भद्र सहमति तोडेपछि पैदा भएको अनिश्चितताकाबीच ओली ३८ औं प्रधानमन्त्री बन्न सफल भएका हुन् । कूल ५८७ सांसद मध्ये ओलीले ३३८ मत प्राप्त गरे भने प्रधानमन्त्रीबाट राजिनामा दिएर फेरी चुनावी मौदानमा उत्रेका कोइरालाले २४९ प्राप्त प्राप्त गरे ।

संक्षीप्त जीवनी
नव निर्वाचित प्रधानमन्त्री के पी ओलीको जन्म वि.सं. २००८ साल चैत ११ गते इवा २, तेह्रथुममा भएको हो । स्व. मधु ओली र मोहनप्रसाद ओलीको काखबा जन्मिएका ओलीले अन्तरजातीय विवाह गरेका हुन् । नेवार समुदायकी राधिका शाक्यसँग विवाह गरेका ओली निशन्तान हुन् । शरणामती– ६, झापा स्थाई घर भएका ओली हाल अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुरमा बस्दै आएका छन् ।

शिक्षा र भ्रमण
चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसको भ्रमण गरेका ओलीले नेपालका सबै जिल्लाको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ । कुनै औपचारिक शिक्षा नलिएका ओली लेखपढमा भने सामान्य मानिन्छन् ।

वर्तमान जिम्मेवारी
२०७१ साल असार १९–२५ मा काठमाण्डौमा भएको नवौँ महाधिवेशनबाट नेता माधव कुमार नेपाललाई पराजित गर्दै ओली नेकपा एमालेको अध्यक्ष बनेका हुन् । तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनालाई पराजित गरेर उनी संविधानसभा चुनाव पछि पार्टी संसदीय दलको नेता बने । उनी क्षेत्र नंः ७, झापाबाट दोस्रो संविधानसभा चुनावमा निर्वाचित भएका हुन् ।

राजनीतिक यात्रा
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई उनले प्रशिक्षण प्राप्त गरे । २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरे । उनले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् । कम्युनिष्ट पार्टीको सदस्यता लिने वित्तिकै त्यही वर्ष उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन गरे ।

०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण गरेपनि ०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भयो । ०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन गरे ।
– २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
– २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
– २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
– २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका जिम्मेवारी
– २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
– २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
– २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
– २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
– २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
– २०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
जेल जीवन
उनी पहिलो पटक २०२७ फागुन १६ गते झापाबाट गिरफ्तार भए । २०२७ र २०३० का बिचमा ः पटक पटक गरी १० पटकभन्दा बढी उनी गिरफ्तारीमा परे । उनी पटक पटक गरेर १४ बर्ष जेल जिवन विताएका ओलीको सचिवालयले जनाएको छ । २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ गरेका ओलीलाई रौतहट गौर जेलमा २ दिन मात्र राखियो । त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान गरियो ।

०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान गरियो । ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान गरियो । २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सम्म सेन्ट्रल जेल गोलघरमा राखियउो र, त्यसपछि गोलघर बाहिर । उनी २०३३ साउनमा नख्खु जेल चलान भए । २०३७ चैतमा पुनः नख्खु जेल चलान गरियो । त्यस्तै २०३९ माघ ३ मा पोखरा जेल चलान, ०४२ कात्तिकमा स्याङ्जा जेल चलान, ०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान, ०४३ माघ १२ मा भद्रगोल जेल चलान गरियो र २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भए । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै उनी नजरबन्दमा परे र जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारीमा फर्के ।

आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका भूमिकाहरु
– २०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । तर फरक मत राखेर पार्टीको निर्णय मान्दै सशस्त्र संघर्षमा होमिएको ।
– २०३० सालदेखि २०४४ सालको जेल जीवनको अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको ।
– २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।
– आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अडान राख्दै आएको ।


0 comments

Write Down Your Responses

Powered by Blogger.