शुसिल कोइराला भारतको वफादार कुत्ता : प्रचण्ड
एमाले उम्मेदवार केपी शर्मा ओलीको समर्थनमा बोल्दै दाहालले जंगबहादुरले बेलायतको बफादार कुत्ता बन्न खोजेजस्तै कोइराला पनि भारतको वफालदार कुत्ता बनेको आरोप लगाए ।
उनले सुशील कोइरालाले सहमतिमा समेत धोका दिएको बताए । उनले भारतले नेपालका नेताहरुलाई विभाजन गर्न खोजेको आरोप लगाए ।
उनले मात्रिकाप्रसाद कोइराला र विपी कोइराला दुवै नेपालका नेता भएको र मात्रिकाले नेपाल डुबाएको विपीले उकास्न खोजेको बताउँदै कोइराला मात्रिको बाटोमा हिडेको बताए । उनले अहिले ओली नै उपयुक्त पात्र भएको दाबी समेत गरे ।
0 comments
Write Down Your Responses