बाबुरामको घरमा भान्छेको रामधुलाई, भान्छेको स्टार अस्पतालमा उपचार हुँदै
भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका एक पिएले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।
सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका एक पिएले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । भान्छा कोठादेखि भट्टराईको निवासको गेटसम्म रगतको धारो लागेको थियो । भान्छे भान्छाकोठामा ढलेपछि हल्लीखल्ली भए पनि चुपचाप स्टार हस्पिटल पु¥याइएको थियो । बाबुरामका ती पिएले आतंक मच्चाए पनि सो कुराको जानकारी नयाँ शक्तिका रणनीतिकार डा. भट्टराईलाई भने दिइएको वा नदिइएको भन्ने बारेमा जानकारी हुनसकेको छैन । यद्यपि विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् । बाबुरामका ती पिएको आतंक बाहिर ल्याउन नहुने भन्दै बाबुराम पत्नी हिसिला यमीले तानाबाना बुनेकी छिन् । बाबुरामको बेइज्जत हुन्छ भन्दै यमीले बाबुरामका ती पिएलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न भनेकी छिन् ।
भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् । उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा. भट्टराईले भने बाबुरामका ती पिएलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । आजको जनआह्वान साप्ताहिकले खबर लेखेको छ ।
0 comments
Write Down Your Responses