पूर्वी नाका खुलेन, पश्चिमबाट पेट्रोल अझै आएन
काठमाडौं, १७ आसोज । तराई मधेसमा जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको नाकाबन्दी ११ औं दिन पनि जारी छ । नेपालको पूर्वका काँकडभिट्टा, विराटनगरको रानी भन्सारलगायत वीरगञ्ज सबै सानठूला नाका पूर्णरुपले बन्द छन् । oil
दशदिन अघिदेखि अघोषि रुपमा भारत सरकारले नेपालमा नाका बन्दी गर्दै आएको थियो । हिजो शनिबारमात्र भारतीय परराष्ट्रमन्त्रलयले विज्ञप्ति जारीगरी नाका खोल्लन आदेश गरिसकेको छ । तर पनि पश्चिमका नाकाहरुमा भने पहिलेजस्तै निर्वाध रुपमा मालवाहक ट्रकहरु नेपाल प्रवेश गरिरहेका छन् । आइतबार दिउँसोसम्म रुपन्देहीको बेलहिया नाकाबाट साना गाडीहरु आएको भए पनि पेट्रोलियम पदार्थ बोकेका गाडी भने एउटा नेपाल पनि भित्रिएका छैनन् ।
शनिबार भारतले अघोषित नाकाबन्दी खोलेको समाचार सञ्चरमाध्यामबाट प्रसारण तथा प्रकाशन भएपछि सर्वसाधारणमा सबै खुशी छाएको थियो । तर विगत दश दिन अघिकै जस्तो नाकाहरुमा भने आइतबार त्यस्तो केही नदेखिएको र पहिलेजस्तै नाका अवरुद्ध रहेको स्थानीय प्रसानले जनाएका छन् । यता, मधेशी मोर्चाले भने नाकाबन्दीलगायतका सबै विरोध कार्यक्रम यथावत् रहेको भन्दै सीमामा धर्नालाई निरन्तरता दिएको छ ।
भारतीय आयल निगमले आईतबारदेखि ग्यास तथा पेट्रोलियम पदार्थ सहज रुपमा नेपाल पठाउने भनेता पनि पर्याप्त मात्रामा अझै नेपाल भित्रिएको छैन ।
नेपाल आयल निगमका अनुसार भारतले प्रतिबद्धता गरेअनुसार पेट्रोलियम पदार्थ र इन्धन पठाएको छैन । त्यहाँका डिपोका कर्मचारीहरुले माथिको आदेश भन्दै इन्धन दिन आनाकानी गरिरहेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिएका छन् ।
नेपाल आयल निगम र भारतीय आयल निगमबीच आइतवार विहानैदेखि इन्धन आपूर्ति सहज गरिदिने सहमति भएता पनि सो सामग्री नभित्रिएको नेपाल आयल निगले जनाएको छ ।
भारतले शनिबार आफ्ना सबै निकायलाई नाकाबन्दी फिर्ता लिएर सहज रुपमा ढुवानी आवागमन सहज बनाउन निर्देशन दिएको दावी गरेपछि निगमले शनिबार नै रक्सौंल, बरौनी, वेतालपुर, सिलगुढी लगायतका डिपोमा तेल लिनको लागि ट्यांकर पठाएको थियो । तर त्यहाँ पुगेका ट्याङ्करहरुमा डिपोहरुले तेल भरिदिएका छैनन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.