युरोपेली संघले भने : भारतले तत्काल नेपालमाथिको नाकाबन्दी हटाउनपर्छ
काठमाण्डु, ८  कात्तिक– युरोपेली  युनियन (इयू) ले भारतले नेपालमा लगाएको नाकाबन्दी तत्काल अन्त्य गर्न माग गरेको छ ।

युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले शनिबार विज्ञप्ति जारी गरी नेपालमाथिको अघोषित नाकाबन्दी हटाउन भनेकी हुन् ।
इयूले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा भुल्न नपाउँदै भारतलेनाकाबन्दी गर्दा नेपाली जनताले दुःख पाएको इयूको भनाइ छ ।
विज्ञप्तिमा नाकाबन्दीबाट उत्पन्न संकटका कारण नेपालीको अर्थतन्त्र र नेपाली जनताको दैनिक जनजीवनमा गम्भीर असर परेको भन्दै इयूले चिन्ता व्यक्त गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.