पुरुषको यौन व्यवहार सम्बन्धी थाहा पाउनै पर्ने १० कुरा
त्यी कुराहरुमा सत्यता कति छन् ? त्यो बारेमा जानी राख्नु युवा तथा किशोर, किशोरीका लागि उपलब्धिमुलक हुन्छ ।
यद्यपि पुरुषका स्तन तथा स्तनका मुण्टोहरुलाई यौनिक मानिदैँन, तर यथार्थमा यी अंगहरु स्पर्श अथवा यौन उत्तेजना प्रति अति संवेदनशील हुन्छन् । पुरुष स्तनका मुण्टोमा संवेदनशीलताको स्तर विभिन्न पुरुषहरुमा फरक फरक हुन सक्छ र मुण्टोलाई उत्तेजित गर्ने क्रियालाई व्यक्ति विशेषले आनन्ददायी मान्न पनि सक्छन् / नमान्न पनि सक्छन् ।
पुरुषहरुसँग सहबास गराएर समलिङ्गी महिलाको उपचार गराउन सकिन्छ । (भ्रम)
समलिङ्गिसँग यौनसम्पर्क गर्नु भनेको उपचार गर्नुपर्ने विषय नै होईन । यसका अतिरिक्त, समलिङ्गि अथवा बिपरित लिङ्गिसँगको यौन सम्पर्कले पुरुष वा महिलाले समलिङ्गि अथवा विपरित लिङ्गिलाई यौनसाथी रोज्ने कुरामा कुनै प्रभाव पार्दैन ।
एउटा पुरुषले अर्को पुरुषसँग यौनसम्पर्क गरेको छ भने त्यो समलिङ्गी पुरुष हो । (भ्रम)
समान लिङ्ग भएको व्यक्तिसंग यौनसम्पर्क गरेकै भरमा ऊ समलिङ्गी हुदैँन । धेरै ब्यक्तिहरुले आफ्नो यौनिकताका बारेमा थाहा पाउन पुरुषले आफ्ना पुरुष साथीसँग र महिलाले आफ्नो महिला साथीसँग यौनसम्पर्क राख्ने गर्छन् । कुनै पुरुष समलिङ्गी हो वा होईन भन्ने कुरा उसका मनोभावहरुले एकिन गर्छन् न कि उसको यौन व्यबहारले । समलिङ्गी पुरुषले मुख्य रुपमा अर्को पुरुष प्रति आफू आकर्षित भएको अनुभव गर्छन् । त्यसकारण यदि कुनै पुरुष अर्को पुरुषसँग यौन क्रियाकलापमा संलग्न हुन्छ भने यसबाट उसले ऊ समलिङ्गी बन्छ नै भन्ने जरुरी छैन अथवा ऊ पुरुष प्रति आर्कर्षित हुन्छ भन्ने पनि जरुरी छैन ।
पुरुषले आफ्नो श्रीमतीलाई बलात्कार गर्नसक्छ । (तथ्य)
पुरुषले आफ्नो श्रीमतीको स्वीकृति बिना कुनै पनि समयमा जबर्जस्ती यौन सम्पर्क गर्छ भने बलात्कार गरेको ठहर्छ ।
धेरै यौनसम्पर्क गर्नाले पुरुषलाई हानी पुग्नसक्छ । (भ्रम)
पुरुषले आफुलाई यौनरोग लाग्नबाट सुरक्षित राख्न सकेमा जतिसुकै चाँडो यौनसम्पर्क गरे पनि उसलाई हानी पुग्दैन ।
पुरुषले मात्र हस्तमैथुन गर्छन् । (भ्रम)
महिला र पुरुष दुवैले हस्तमैथुन गर्छन ।
हस्तमैथुन हानिकारक हुदैँन । (तत्थ)
जबसम्म योनी अथवा गुदद्धारमा कुनै बस्तुलाई क्षति पुग्ने गरी भित्र पसाइँदैन, हस्तमैथुनले कुनै हानी गर्दैन ।
महिलामा भन्दा पुरुषमा यौन चाहना बढि प्रबल हुन्छ । (भ्रम)
महिलामा भन्दा पुरुषमा यौन चाहना बढि प्रवल हुन्छ भन्ने कुरामा प्राय विश्वास गरिन्छ, तर यो कुरा सत्य होईन । यौन चाहना ब्यक्ति पिच्छे फरक फरक हुन्छ र महिला र पुरुष दुबैले बिभिन्न स्तरमा र बिभिन्न समयमा यौन चाहनाको अनुभव गर्न सक्छन् ।
पुरुषलाई स्वस्थ रहनका लागी बढि यौनसम्पर्कको आवश्यकता पर्छ । (भ्रम)
पुरुष अथवा महिलाले यौन आवश्यकताको अनुभव गर्नु तथा यौन चाहना ब्यक्त गर्नु सामान्य र स्वस्थकर कुरा हो । तर पुरुष होस् वा महिला कसैले यौनसम्पर्क गर्न पाएन भन्दैमा अस्वस्थ वा बिरामी पर्ने भन्ने कुरा सत्य होईन ।
मदिरा सेवनले पुरुषलाई यौन उत्तेजित हुन सजिलो पार्छ । (भ्रम)
बास्तबमा जाँड, रक्सी सेवनले यौन उत्तेजनामा प्रतिकुल असर पार्छ । अत्याधिक मदिरा सेवनले उत्तेजनालाई कम गर्छ । यस्ले यौन अंगमा रगतको पं्रवाह घटाउँछ जसले गर्दा लिङ्ग उत्तेजित हुन र चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।
श्रोत : पुस्तक प्रजनन स्वास्थ्यमा पुरुषको सहभागिता
0 comments
Write Down Your Responses