पाकिस्तानका आतंकवादी लडाकु भारत छिरे, पहिलो निशानामा मोदी
नयाँ दिल्ली, २६ असोज । हिन्दूहरुको महान चाँड दिपावलीको सुरुआतसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तिहारका समयमा कुनै पक्षबाट समेत आक्रमण हुन सक्ने भन्दै भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सरकारले देशैभरी सुरक्षा व्यवस्था कडा पारेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
भारतीय अधिकारीका अनुसार देशमा तिहारको तयारी भइरहेका बेला हिंसा भड्काउन पाकिस्तानबाट तालिमप्राप्त पाँच आतंकवादी लडाकु भारत पसेका छन् । त्यसै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केन्द्र सरकारले सबै राज्य सरकारलाई तिहारको बेला सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको भारतको गृह मन्त्रालयले जनाएको छ ।
पाकिस्तानी लडाकुहरु भारतीय प्रधानमन्त्री मोदीलाई नै निशानामा पारेर भारत पसेको अधिकारीहरुले दाबी गरेका छन् । यसको कारण हो मोदी हिन्दूवादी नेता हुनु । पाकिस्तानी आतंकवादी मुसलमान हुन् । जसका कारण मोदी उनीहरुको पहिलो निशानामा छन् । भारतमा आतंक मच्चाएर मोदीलाई असफल पार्न उनीहरु लागिरहेको भारतको खुफिया एजन्सीहरुले गृहमन्त्रालयलाई सूचना दिएका छन् ।
त्यही सूचनाका आधारमा गृह मन्त्रालयले सम्वेदनशील स्थानमा सर्तकता अपनाउन हाइ अलर्ट जारी गरेको हो । हरेक राज्यका सहरहरुमा धार्मिक स्थलहरु, बजारहरु, रेलवे स्टेशनहरु, बसपार्क आदि स्थानमा पुलिस फोर्स तैनाथ गर्न निर्देशन दिइएको छ । साथै शान्ति सुरक्षाको प्रत्याभूति गराउन निर्देश गरिएको छ ।
गृह मन्त्रालयले मुंबई, दिल्ली, बेंगलोर, हैदराबाद, कोलकाता, र चेन्नई जस्ता ठूला सहरका पुलिस प्रमुखलाई आजदेखि नवरात्र, दुर्गा पूजा, दशहरा सुरु भएकाले विशेष शतर्कता अपनाउन निर्देशन दिएको छ । र भीड लाग्ने स्थानमा संयौको संख्यामा प्रहरी परिचालन गर्न निर्देशन दिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.