बन्यो बाबुरामको नयाँ शक्तिको लोगो
एमाओवादीको साधारण सदस्य र व्यवस्थापिका सासंदबाट समेत राजिनामा दिएका डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेका छन् । नयाँ शक्ति गठनको तयारी गरिहेको बताउंदै आएका भट्टराई निकट नेता गंगा श्रेष्ठले पार्टीको लोगो सार्वजनिक गरेका छन्।
स्वाधीन, समृद्ध र समावेशी नयाँ नेपालको निम्ति भन्ने लोगो सार्वजनिक भएको छ । नेपालको नक्सा र नेपालको झण्डा अंकित लोगोको बीचमा नयाँ शक्ति लेखिएको छ ।
0 comments
Write Down Your Responses