मिनेन्द्र रिजाललाई २४ घण्टे स्पष्टीकरण सहित राजिनामा गर्न माग
पोखरा, १४ असोज ।
पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालको पुत्ला जलाउँदै राजीनामा समेत माग गरेका छन् ।
भारतीय टिभी च्यानलहरु प्रसारणमा रोक लगाएका केबल व्यवसायीहरुलाई स्पष्टिकरण सोध्ने र २४ घन्टा भित्र केबल संचालन गर्नको लागि अल्टिमेटम दिएको विरोधमा पुत्ला दहन गरिएको हो ।
नेकपा (एमाले) निकट अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नै सरकारका प्रवक्ताको पुत्ला जलाएका हुन् । पुत्ला जलाउँदै विद्यार्थीहरुले भारत सरकार, मन्त्री रिजाल र मधेशी दलहरु विरुद्ध पनि नाराबाजी गरे । कार्यक्रममा अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य अनिल प्रसाद आचार्यले नेपाली जनता आफ्नो चुलोमा आगो नबले पानी पिएर बाँच्ने तयार भएको बेला मन्त्री रिजालको यो कदमले नेपाली जनताको भावनामा ठेस पुगेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता संकल्प ढुंगानाले पिआर धारी मन्त्रीले भारतको एजेन्ट बन्न खोजेकोमा खेद प्रकट गरे । ‘विस्तारवादीहरुलाई सघाउ पुग्ने गरि कदम चालेर मन्त्रीले ठुलो गल्ती गरेका छन्’, ढुंगानाले भने, ‘यस्ता मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.