सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा
चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गरे ।
सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्त उफ्रिने स्तनधारी जनावर आफ्नो कारको अघिल्तिर भेटेपछि बोटलभित्र राखेर घरमा लगेको बेन्जाईले बताए ।
युआन मुद्राको एउटा डबल बराबर तौल भएको उक्त मुसो प्रायजसो आफ्नो पुच्छरले शरीरलाई बाँधी सुत्न मन पराउने पनि उनले बताए । “यो दिनमा १७ घण्टाभन्दा बढी सुत्न मन पराउँछ,” बेन्जाइले उसको सुरुका गतिविधि अवलोकनपछि भने ।
तर, सिनजियाङको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धाता जियाङ वेइले यो मुसो नभई मुसोजस्तै देखिने ‘रोडेन्ट’ भएको दाबी गरे ।
रोडेन्ट सिनजियाङको दक्षिणमा अवस्थित मरुभूमि वरिपरी पाइने गरेको समेत उनले बताए ।
आयु करिब दुई वर्ष हुने यो प्राणी अतिसानो हुने भएकाले शरीरमा जम्मा हुने बोसो पनि यसको पुच्छरमा रहने समेत अनुसन्धाता जियाङले बताए ।




0 comments
Write Down Your Responses