एमालेले खोज्यो नाकाबन्दी खुलाउने उपाय
मन्त्री छान्न भेला भएका नेता भोज खाएर फर्किए

काठमाडौँ, ३ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा एमाले भारतको अघोषित नाकाबन्दीको विकल्पको खोजीमा जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बोलाइएको स्थायी समितिको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण, सीमामा भइरहेको अघोषित नाकाबन्दी खुलाउने उपाय, पार्टीका तर्फबाट थप मन्त्री चयनबारे छलफल भएको थियो । बैठकमा मुलुकमा उत्पन्न पेट्रोलियम पदार्थको अभावका कारण चौतर्फी संकट देखिन थालेको भन्दै त्यसको विकल्प खोज्नुपर्ने नेताहरुले बताएका थिए । नाकाबन्दीका विरुद्ध अपनाउने नीति तथा अन्य छिमेकी मुलुकसँगको छलफल लगायतका विषयमा बैठकमा छलफल चलेको थियो । विभिन्न विकल्पका बारेमा छलफल भएपनि एमालेले ठोस निर्णय भने गरेको छैन ।
मन्त्री छान्न भेला भएका नेता भोज खाएर फर्किए
बैठकको अर्को एजेण्डा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउने पनि थियो । तर, सोमबार पनि मन्त्री छान्न एमालेले सकेन ।
एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा ठोस निर्णय नभए पनि आपसी छलफल भने गरिएको बताउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका नेताका लागि रात्रिभोजसहित बैठक आयोजना गर्नुभएको थियो । मन्त्री छान्न नसकेपनि नेताहरु भोज खाएर फर्किएका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.