पासाङलाई उपराष्ट्रपति नबनाउन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको दवाव
राष्ट्रपति विद्यादेवी भण्डारीको पदभारग्रहण सकिएलगतै दुई सत्तारुढ दल एमाले र एमाओवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पासाङलाई उपराष्ट्रपति बनाउनु भन्दा मधेसी वा थारु समुदायका ब्यक्तिलाई उम्मेद्धार बनाउन प्रस्ताव गरेका थिए ।
उपराष्ट्रपति पनि सेनाको परमाधिपति नै हुने भएपछि अप्ठेरो परेको ओलीले दाहाललाई वताएका थिए । ओलीको प्रस्तावमा समर्थन गर्दै एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी देशको चाहाना पनि मधेसी र थारु समुदायकै ब्यक्ति भएको बताएका थिए ।
भारत र नेपाली सेनाको दवावमा एमालेले पासाङलाई स्वीकार नगर्ने बताएपछि एमाओवादी अध्यक्ष दाहाल जंगिएका थिए । उनले ‘खोलो तर्याे लौरो विर्सेयो’ जस्ता नगर्नुस् भन्दै एमाले नेताहलाई आफ्नो पार्टीको निर्णय मान्न आग्रह गरेका थिए । ‘हामीले तपाईहरुको पार्टीको निर्णय मान्यौ, प्रधानमन्त्री र राष्ट्रपतिमा सहयोग गरयौ, अब तपाईहरुको पालो छ च्याँखे नथाप्नुहोस’ बैठकमा दाहालले भने ।
एमाओवादीले आफ्नो स्थायी समितिको निर्णय अनुसार पासाङलाई उपराष्ट्रपतिमा अगाडी सारेको बताएको थियो । ‘तपाईहरुलाई जे गर्न मन छ गर्नुहोस, तर हामी निर्णय बदल्दैनौ’ बैठकमा दाहालले भने ।
उपराष्ट्रपतिको निर्वाचन भोली ब्यवस्थापिका संसदमा हुँदैछ ।
0 comments
Write Down Your Responses