मोदीको मुलुकको दुर्दशा : महाराष्ट्रमा ४ हजार किसानद्धारा आत्महत्या
काठमाडौँ, १३ कात्तिक ।
भारत महाराष्ट्रका देवेन्द्र फडणवीसको सरकारले आज एक वर्ष पुरा गरेको छ । र यो एक वर्षको अवधिमा त्यहाँका ४ हजार किसानहरुले आत्महत्या गरेका छन् । भारतमा हरेकवर्ष दसौं हजार किसानहरुले आत्महत्या गर्ने गर्दछन् ।
भारतिय कृषकहरु उल्लेख्य रुपमा मनसुनमा निर्भर हुन्छन् । मनसुनको असफलताका कारणले नगदेवाली नष्ट हुनु उनिहरुको आत्महत्याको मुख्य कारण मानिन्छ । मनसुनको विफलता, खडेरी, मुल्यवृद्धि, ऋणको अत्याधिक बोझ जस्ता कारणले उनिहरु आत्महत्या गर्न विवस छन् । बैंक, साहु, दलालको चंगुलमा परेर त्यहाँका किसानहरु पिडित छन् ।
महाराष्ट्रमा सुख्खाग्रस्त क्षेत्रका ३ हजार विद्यार्थी यो वर्ष अन्तिम परिक्षामा सहभागी हुन पाएनन् । किनकी उनिहरुले समयमा विद्यालयमा शुल्क बुझाउन सकेनन् । एक विद्यार्थीले २ सय ६० रुपयाँको बस पास बनाउन नसकेर आत्महत्या गरेका छन् ।
0 comments
Write Down Your Responses