नेपालीले भारतीय कुटेपछि बेलहिया नाका फेरि बन्द
काठमाडौं, कार्तिक ४ । केही दिनदेखि सुचारु रुपन्देहीको नेपाल–भारत सीमानाका बुधबारदेखि पुनः बन्द भएको छ ।

बेलहियाको सेरे पन्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा दुईजना नेपाली युवकले भारतीय नागरिकहरुमाथि कुटपिट गरेपछि सीमानाका बन्द भएको हो ।

नेपाली युवक सचिन थैव र सुनील रानाले भारतीय नागरिक अजयसिंह राजकोट, कृष्ण मुरारी मधेसियालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द गरिएको हो ।

मंगलबार साँझ भएको घटनापछि दुबै देशका सुरक्षा अधिकारीहरुले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएका छन् । भारतीय पक्षले मालबाहक तथा सवारी–साधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि रोकिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.