निगमका उच्च अधिकारीसहितको टोली रातारात चीन प्रस्थान, ग्यास ल्याउन प्रक्रिया अघि बढाउने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको राजनीतिक संयन्त्रलेपहल गर्न निर्देशन दिएपछि सरकारले मंगलबार राति नै उच्चस्तरीय टोली चीन पठाएको हो ।
६ सदस्यीय टोलीमा निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई, ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल, नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे तथा गोकुल भण्डारी लगायत छन् ।
नेपाली प्रतिनिधि मण्डलले चीनबाट ग्यास ल्याउनका लागि प्रक्रिया अघि बढाउने छ । व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउनका लागि अनुमति माग्दै आएका थिए ।
यसपछि दसैँ लगत्तै सरकारी प्रतिनिधिसहितको टोली चीन जाने तयारीमा रहेको स्रोतले बतायो । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणपछि चीनबाट इन्धन आपूर्तिका लागि सरकारले गम्भीरता देखाएको छ ।
थापाको भारत भ्रमणमा भारतबाट अपेक्षित आश्वासन नपाएपछि सरकार चीनतर्फ लाग्न बाध्य भएको स्रोतको दावी छ ।




0 comments
Write Down Your Responses