ओली नेतृत्वको सरकारसंग मिलेर काम गर्न चिनीया प्रधानमन्त्री उत्सुक
आइतबार प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारत र चीनबाट बधाई सन्देश पाउनुभएका नवनिर्वाचित प्रधानमन्त्री केपीलाई सोमबार चिनीया प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश दिंदै ओलीसंग काम गर्न उत्सुक रहेको बताउनुभएको छ ।
सोमबार एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री लीले चीन र नेपाल निकटका मिलनसार मित्र रहेका र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध कायम राखेका असल छिमेकी हुन् भन्नुभएको छ ।
चिनीया प्रधानमन्त्री लीले चीनको घनिष्ठ छिमेकी हो र हामी आपसी सरोकारका एजेण्डामा सधैँ एकले अर्कोलाई समर्थन गर्दै आएको स्मरण गर्दै ओलीले नेतृत्व गरेको नयाँ सरकारले नेपालको राष्ट्रिय स्थिरता र आर्थिक विकासमा नयाँ उपलब्धी हासिल गर्ने विश्वास लिनुभएको छ ।
बृहत् चासोका आपसी विषयमा दुवै मुलुकले एकअर्कालाई सहयोग गर्दै आएका उल्लेख गर्दै सन्देशमा चिनियाँ प्रधानमन्त्रीले प्रधानमन्त्र ओलीको सबल नेतृत्वमा नेपालले आर्थिक विकास एवम् राष्ट्रिय स्थायित्व हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँग निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै उहाँले चीन र नेपालबीचको बृहत् सहयोगात्मक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने दृढता पनि व्यक्त गर्नुभएको छ ।
नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताउँदै प्रधानमन्त्री लीले श्री ओलीको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ ।
त्यसो त बधाई दिने क्रममा चीनले नेपालको नयाँ सरकारसँग आर्थिक विकासका एजेण्डामा मिलेर काम गर्न उत्सुक रहेको कुटनीतिक सन्देश पनि दिएको छ ।
चीनको विदेश मन्त्रालयले सोमबार बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुनयिङले पनि नयाँ सरकारलाई बधाई दिएकी छिन् ।
यसअघि प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै आइतबार काठमाडौँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले एमाले कार्यालयमा पुगेर बधाई दिनुभएको थियो ।
फोन वार्तामा प्रधानमन्त्री लीले दुई देशबीचको साझेदारी बलियो बनाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउन नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको ओलीलाई बताउनुभएको छ ।
यसअघि आली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी बधाई दिंदै भारत भ्रमणको निम्तिो समेत दिनुभएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.