रामबरण यादवले राष्ट्रपति पदबाट राजीनामा नदिने
काठमाडौं । राष्ट्रपति डा रामबरण यादवले राजीनामा नदिने भएका छन् । नयाँ राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा उनको राजीनामा आउने सबैले अपेक्षा गरेका थिए ।
तर, उनले राजीनामा नदिने तर, नयाँ राष्ट्रपतिको निर्वाचन परिणाम आए लगत्तै सितल निवास छाड्ने मनस्थिति बनाएका छन् ।
राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबाबु बस्नेतका अनुसार अन्तर्राष्ट्रिय प्रचलन र रिप्लेसमेन्टको सिद्धान्त अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन पश्चात् स्वत पुरानोको पद सकिने भएकाले राजीनामा नआउने भएको हो ।
बस्नेतले अमेरिका लगायतका देशहरुमा पनि यहि प्रचलन रहेकाले नेपालमा पनि सोहै अनुसार हुने बताए । नयाँ राष्ट्रपति चयन भएपछि उनी स्वत पदस्थापन हुनेछन् ।
नयाँ संविधानमा पनि राष्ट्रपतिले कस्लाई र कसरी राजीनामा बुझाउने भन्ने व्यवस्था प्रष्टसँग उल्लेख गरिएको छैन । यस कारण पनि समस्या भएको सितल निवास स्रोतको दाबी छ ।
संविधान अनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिने व्यवस्था छ । भोली साँझ सम्म मुलुकले नयाँ राष्ट्रपति पाउने छ ।
गणतन्त्र नेपालको दोस्रो र संविधान जारी भएपछिको पहिलो राष्ट्रपतिकालागि एमाले उपाध्क्ष विद्यादेवी भण्डारी, नेमकिपाका नारायण महर्जन र नेपाली कांग्रेसका कुलबहादुर गुरुङ चुनावि प्रतिश्पर्धामा छन् ।
0 comments
Write Down Your Responses