samachar
»
राष्ट्रपति निर्वाचनबारे मोर्चाले गर्यो यस्तो निर्णय
राष्ट्रपति निर्वाचनबारे मोर्चाले गर्यो यस्तो निर्णय
१० कात्तिक– प्रधानमन्त्री निर्वाचनमा नेपाली काँग्रेसलाई समर्थन गरेका संयुक्त मधेसी मोर्चामा आबद्ध चार दल राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवबीच भएकबो छलफलमा राष्ट्रपति निर्वाचनमा सहभागी नहुने सहमति भएको हो।
उनीहरुले आन्दोलनलाई अझ शसक्त बनाउने भन्दै सभामुख र उपसभामुखको निर्वाचनमा पनि सहभागी भएका थिएनन्। साथै उनीहरुले प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर गल्ती गरेको बताएका थिए । प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि पार्टीभित्रबाट बिरोध र शीर्ष नेताको पुत्ला दहनसमेत भएको थियो ।
0 comments
Write Down Your Responses